भोजपुरको हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार


काठमाडौं – भोजपुरको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार गरिएको छ। लामो समयपछि यो क्षेत्र राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको हो।

वडा कार्यालयको पहल तथा सम्बन्धित निकायको समन्वयमा पोल, तार, ट्रान्सफर्मर तथा आवश्यक सामग्री व्यवस्थापन गरेर गाउँमा विद्युत् विस्तार गरिएको हो।

यससँगै लुङ्गिनका अधिकांश बस्तीमा विद्युत् पहुँच पुगेको वडा कार्यालयले जनाएको छ। वडाध्यक्ष विचारी थापाले गाउँका सबै क्षेत्रमा विद्युत् सेवा विस्तार गरिएको जानकारी दिँदै यसले स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

‘विद्युत् पहुँच विस्तारसँगै यहाँका नागरिकको दैनिकी सहज बनेको छ’, उनले भने,’अब शिक्षा, स्वास्थ्य, सञ्चार तथा साना उद्योग व्यवसाय सञ्चालनमा टेवा पुग्नेछ।’