नेपाल प्रहरीका १४९ जना डिएसपीको सरुवा


काठमाडौं -नेपाल प्रहरीले एकै पटक ठुलो संख्यामा प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले एकै पटक १४९ जनाको सरुवा सूची प्रकाशन गरेको छ।

सरुवा सूचीको पहिलो नम्बरमा अनमोल खड्का रहेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान सहायता शाखा विराटनगर मोरङबाट अनुसन्धान आयोग, केन्द्रीय कार्यालय टंगाल प्रहरी महाशाखामा सरुवा भएका हुन्। 

निलराज गिरी अख्तियार दुरुपयोग अनुसन्धानबाट जिल्ला प्रहरी कार्यालय, डोल्पामा सरुवा भएका छन्।

https://www.nepalpolice.gov.np/media/filer_public/e2/bd/e2bd8272-1851-4ea8-8683-277ce23de1a3/dsp_01.pdf