काठमाडौं – ललितपुर चापागाँउ एरियामा विगत लामो समयदेखि ललितपुर सम्धी ग्रुप तथा झयालुङ्टार ग्रुपका नाममा गुण्डागर्दी गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूले रेस्टुरेन्टमा पैसा नतिर्ने, गिटी तथा प्राकृतिक स्रोतमा दादागिरी गरी हप्तावारी तथा महिनावारी खाने, खान खोज्ने गरेको आरोप छ।
प्रहरीलाई समेत अवरोध सिर्जना गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। उनीहरूको पहिचान भने प्रहरीले खुलाएको छैन। जिल्ला प्रहरी परिसर ललितपुरले उनीहरूलाई नियन्त्रण लिई थप अनुसन्धान भइरहेको जनाएको छ।






About Us
प्रतिक्रिया