काठमाडौं – काठमाडौंमा गत असोजदेखि चैतसम्म ५ हजार ५५६ वटा विभिन्न आपराधिक घटनाका मुद्दाहरू दर्ता भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै सो अवधिमा ४ हजार २८० जना पक्राउ परेका जानकारी दिएकाे छ।
यस अवधिमा सबैभन्दा बढी प्रहरी परिसरमा १ हजार ९९९ वटा मुद्दा दर्ता भएको छ। यस्तै, दोस्रोमा प्रहरी वित्त महाराजगन्ज रहेको छ। त्यसपछि क्रमशः बौद्ध र बालाजुमा दर्ता भएका छन्।



About Us
प्रतिक्रिया