काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंले सर्च अपरेसन मार्फत १८१ वटा हात हतियार बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै यससँग सम्बन्धित ५१ जनालाई पक्राउ गरिएको जानकारी दिएकाे छ।
परिसरले जेनजी आन्दोलनमा कारागारबाट फरार भएका कैदीबन्दी र थुनुवाहरू मध्ये १६२ जना कैदी र ९० जना थुनुवा खोजतलास गरी सम्बन्धित कारागारमा दाखिला गरेको छ।



About Us
प्रतिक्रिया