काठमाडौं – लोकप्रिय टेलिभिजन प्रस्तोता टीकाराम यात्री बेलायतमा रहेकाे ए स्टार मोर्गेजेज कम्पनीको ‘ब्रान्ड एम्ब्यासडर’ मा नियुक्त भएका छन्।
पश्चिम लन्डनस्थित ए स्टार मोर्गेजेजको कार्यालयमा आयोजित एक विशेष समारोहमा उक्त कम्पनीका प्रबन्ध निर्देशक मिन दर्लामी तथा यात्री मिडिया प्रालिका प्रबन्ध निर्देशक तथा प्रधान सम्पादक टीकाराम यात्रीले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
ए स्टार फाइनान्सियल सलुशन कम्पनी तथा ए स्टार मोर्गेजेजले गएको १४ वर्षदेखि नेपाली लगायत अन्य समुदायलाई मोर्गेजेज, रियल एस्टेट, बीमा, पेन्सन, इन्भेस्टमेन्ट, इच्छा पत्र र एस्टेट प्लानिङ सम्बन्धी सुझाव तथा सल्लाह प्रदान गर्दै आएका छन्।
साथै, ए स्टार मोर्गेजेजले रि-फाइनान्सिङ, बाइ -टु-लेट मोर्गेज तथा इक्विटी पुन:निवेशमार्फत आफ्नो सम्पत्ति पोर्टफोलियो विस्तार गर्न पनि परामर्श प्रदान गर्दै आएको छ।



About Us
प्रतिक्रिया