काठमाडौं – सुपरमादी हाइड्रोपावर लिमिटेडको १ करोड ९८ लाख ८९ हजार १०० कित्ता शेयरको लकइन अवधि आउँदो माघ २१ गतेदेखि सकिने भएको छ। कम्पनीको संस्थापक, कर्मचारी र स्थानीय बासिन्दाको स्वामित्वमा रहेको करिब २ करोड कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो।
जसमा संस्थापक समूहको १ करोड ८७ लाख ४२ हजार ५०० कित्ता, आयोजना प्रभावित स्थानीयको ११ लाख २ हजार ५०० कित्ता र कर्मचारीको ४४ हजार १०० कित्ता शेयर रहेका छन्। उक्त शेयरको लकइन अवधि सकिएपछि यी शेयरहरू दोस्रो बजारमा खरिद–बिक्रीका लागि योग्य हुनेछन्।



About Us
प्रतिक्रिया