कालिञ्चोक दर्शनको लक इन अवधि माघ १७ गते सकिने


काठमाडौं – कालिञ्चोक दर्शन लिमिटेडको कुल ४९ लाख ४१ हजार ६०० कित्ता शेयरको लकइन अवधि आगामि माघ १७ गते सकिने भएको छ।

कम्पनीको संस्थापक शेयरधनी, सर्वसाधारणतर्फ आयोजना प्रभावित स्थानीय बासिन्दाहरु र कर्मचारीहरूको स्वामित्वमा रहेको शेयरको लक इन अवधि अबको एक महिनामा समाप्त हुने भएको हो।

जसमा कम्पनीको संस्थापकतर्फको ४८ लाख कित्ता, कम्पनीको कर्मचारीतर्फको २१ हजार ६०० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको १ लाख २० हजार कित्ता शेयरको लक इन सकिन लागेको हो।

लकइन अवधि सकिएपछि सो शेयर किनबेच गर्न सकिनेछ तर कम्पनीको सञ्चालक तथा उच्च व्यवस्थापकी पदमा कार्यरत कर्मचारीहरूको हकमा भने नियमानुसार शेयर रोक्का रहने कम्पनीले जनाएको छ।