नाडाको वार्षिक साधारण सभा सम्पन्न, निर्वाचन आगामी पुस २५ गते


काठमाडौं – नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा सदस्यहरूको उत्साहजनक र ऐतिहासिक सहभागितामा साधारण सभा सम्पन्न भएको हो ।

साथै कार्यक्रम संस्थाको नियामक निकाय जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम सम्पन्न गरिएको नाडाले जनाएको छ ।

साधारण सभाले संस्थाका विभिन्न एजेण्डा र औपचारिक कार्यसूचीहरूमाथि विस्तृत छलफल गर्दै प्रस्तावहरू पारित गरेको छ । आगामी दिनका लागि संस्थागत नीति, संरचना, पारदर्शिता र भविष्यको रणनीतिक मार्गनिर्देशन पारित भएको छ । यस्तै, अटोमोबाइल व्यवसायीहरूबीचको सहकार्य, व्यावसायिक हकहित र जिम्मेवार परिचालनका विषयमा छलफल भएको छ ।

सभाले नयाँ कार्यसमिति चयनका लागि यही पुस २५ गते निर्वाचन गर्ने निर्णय गरेको छ । यस्तै, सभाले महासंघका विषयमा महासंघको औचित्य तथा आवश्यकता उपर छलफल भइ प्रचलित कानून बमोजिम महासंघमा समावेश गर्ने प्रस्ताव पारित गरेको छ ।