काठमाडौं – नागरिक लगानी कोषले शेयरधनीलाई लाभांश प्रस्ताव पारित गर्ने ३१ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस ३० गते कोष भवन परिसरमा सो सभा बोलाएको हो ।
साधारणसभामा कोषको आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको ५ प्रतिशत बोनश शेयर र ८ प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डा रहेको छ । त्यसैगरी, सञ्चालक समितिमा शेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन हुनेछ ।



About Us
प्रतिक्रिया