काठमाडौं – चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ८ प्रतिशत बोनस शेयर रहेको छ भने ४ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ।
कम्पनीको सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ।
जस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।



About Us
प्रतिक्रिया