नेपाल टेलिकमकाे लाभांश घोषणा, साधारण सभा पुस ३० गते


काठमाडौं – नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गत आर्थिक वर्षको खुद नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो।

सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस ३० गते राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौंमा १८ औँ वार्षिक साधारण सभा समेत बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २० गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।