जेसीजको राष्ट्रिय अध्यक्षमा कार्की


काटमाडौं – नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा जीवन कार्की निर्वाचित भएका छन्। जनकपुरमा भएको नेपाल जेसीजको ५२औँ राष्ट्रिय अधिवेशनबाट जेसीज वर्ष २०२६ का लागि कार्की राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन्।

उनले ५२१ मत प्राप्त गरेर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी विजय गुरुङले ४६२ मत मात्रै प्राप्त गरे। अरु प्रत्याशीहरुमा रश्मी शिल्पकारले १४६ र राजाराम गौतमले जम्मा ८३ मत पाए।

अध्यक्षमा निर्वाचित भएका रामेछाप निवासी कार्की जेसीआई नेपालको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षसमेत भइसकेका व्यक्ति हुन्। कार्कीले जेसीजलाई थप उचाईमा लैजान ‘प्रोजेक्ट संकल्प २०२६’ अभियान सुरु गरेका छन्।