काठमाडौं – सुनका गरगहना चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भई काठमाडौंको बसपार्क बस्ने अशोक क्षेत्री र रसुवाको नौकुण्डा घर भई काठमाडौंको नयाँबजार बस्ने राम कृष्ण बिक रहेका छन्।
पक्राउ पर्ने मध्ये क्षेत्री चोरीमा संलग्न रहेको र बिक खरिद बिक्रीमा संलग्न रहेको खुल्न आएको छ। प्रहरीले क्षेत्रीको साथबाट मोबाइल ५ थान, अमेरीकी डलर र बिक साथबाट सुनको ब्रासलेट,औँठी, टप, नथी, माइली तिलहरी, चोकर,सिक्री चाँदीको पाउजु बरामद गरेको छ।
तारकेश्वर नगरपालिका –४ माछापूच्छ्रे टोल स्थितमा रहेको एक व्यक्तिको डेरा कोठाबाट सुनका गरगहना लगायतका धनमाल चोरी भएको घटनाको अनुसन्धान गर्दा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई पक्राउ गरी प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया