काठमाडौं – नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष शरद ओझाको रिटमा सर्वोच्च अदालतले ‘अन्य आदेश’ जारी गरेको छ। प्रकाशमान सिंह राउत र टेकप्रसाद ढुङ्गानाको इजलासले ओझाको मुद्दामा सुनुवाइ गर्दै उनको अर्को मुद्दाको फाइल समेत पेस गर्न आदेश दिएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।
यसअघि पुष १ गते ओझाको रिट हेर्न नमिल्नेमा राखिएको थियो। साथै, गत मंसिर २८ गते यही मुद्दामा सर्वोच्चले आदेश जारी गर्दै ओझाको पूर्व आदेशअनुसारको कार्य सम्पन्न गरी पेस गर्न भनेको थियो।
ओझाले आफ्नो बर्खास्त विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ हालेको रिट र अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई अदालतको अपहेलनविरुद्ध दायर गरेकाे दुवै रिटमा सर्वोच्चले अन्य आदेश जारी गरेकाे हाे।



About Us
प्रतिक्रिया