फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा


काठमाडौं – फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर २४ गते बसेको सञ्चालक समितिको २४४ औँ बैठकको निर्णयअनुसार आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

संस्थाले हाल कायम चुक्ता पुँजीको ६.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत प्राप्त भई आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात् वितरण गरिनेछ ।