चिरख्वा हाइड्रोपावरले बोलायो सातौँ वार्षिक साधारण सभा


काठमाडौं –  चिरख्वा हाइड्रोपावर लिमिटेडले पुस २३ गते हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्न शेयरधनीलाई सातौँ वार्षिक साधारण सभामा बोलाएको छ। कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले सो सभा कुण्डलिनी रोयल्स, जोरपाटी, काठमाडौँमा सो सभा बिहान १० बजे बोलाएको हो। 

सभाले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात् १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले हकप्रद निष्कासन सम्बन्धी आवश्यक कार्य गर्न र प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, उपयुक्त आयोजनाको पहिचान गरी लगानी अथवा विकास गर्ने, कम्पनीको ऋण भुक्तानी गर्ने, लेखा परीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ।

सो सभा प्रयोजनार्थ कम्पनीले पुस १३ गते शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने भएको छ। यस अनुसार पुस १२ गतेसम्म नप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।