एनआरएन इन्फ्रास्ट्रक्चरले यसवर्ष लाभांश वितरण नगर्ने, कात्तिक १७ लाई डाक्यो साधारणसभा

एनआरएन इन्फ्रास्ट्रक्चरले यसवर्ष लाभांश वितरण नगर्ने, कात्तिक १७ लाई डाक्यो साधारणसभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले कात्तिक १७ गते ११औं वार्षिक साधारणसभा गर्ने भएको छ । असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आम्रपाली व्याङ्क्वेट, काठमाडौंमा बिहान ९ बजे उक्त सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले नेपाल स्टक एक्सचेञ्ज मार्फत सार्वजनिक गरेको साधारणसभा सम्बन्धी सूचनामा लाभांश प्रस्ताव भने समावेश गरेको छैन । गत वर्ष अघिल्लो आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ दशमलव २६ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाउने भएको हो ।

कम्पनीले ११औं वार्षिक साधारणसभा प्रयोजनका लागि असोज ३० गते मंगलवार एक दिन बुकक्लोज गर्ने भएको छ । बुकक्लोजको आधारमा असोज २९ गते सोमवारसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।