नेपाल एसबिआई बैंकद्धारा ग्राहकहरुलाई केवाईसी अद्यावधिक गराउन सूचना जारी

सुरेश शर्मा
406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल एसबिआई बैंकले ग्राहक तथा वास्तविक धनी/हिताधिकारीका ग्राहक पहिचान (केवाईसी) विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले आइतबार एक सूचना प्रकाशन गरी ३० दिन भित्र अनिवार्य रुपमा केवाईसी अद्यावधिक गराउन आफ्ना ग्राहकहरुलाई आग्रह गरेको हो ।

प्रचलित नियमावली तथा निर्देशन बमोजिम खाता अद्यावधिक गर्न अनिवार्य भएकाले बैंकले ग्राहकहरुलाई एक सूचना जारी गर्दै यस्तो जनाएको छ । अद्यावधिक नगराइएका खाताहरु स्वतः निष्कृय हुने समेत बैंकले जनाएको छ ।

उक्त निष्कृय खाताहरुको कारोबार सुचारु गर्न आफ्नो खाता रहेको शाखा वा नजिकैको शाखामा सम्पर्क गरी अद्यावधिक गराउन बैंकले आग्रह गरेको हो । बैंकले यसअघि अद्यावधिक गरेको विवरणहरुमा परिवर्तन भएका सम्पुर्ण व्यक्तिगत तथा संस्थागत खातावाला ग्राहकले आफ्नो खाता रहेको शाखा वा नजिकको शाखामा सम्पर्क गरी अद्यावधिक विवरण एवम् कागजात बैंकमा पेश गरी आ–आफ्नो खाता ३० दिनभित्र अद्यावधिक गराउन समेत आग्रह गरेको छ ।