सनराइज क्यापिटलले ३०% नगद लाभांश पारित गरेर सम्पन्न गर्यो साधारणसभा

सनराइज क्यापिटलले ३०% नगद लाभांश पारित गरेर सम्पन्न गर्यो साधारणसभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सनराइज क्यापिटल लिमिटेडले १३औं वार्षिक साधारणसभा असोज १० गते बुधवारका दिन कम्पनीको केन्द्रिय कार्यालय भवन, कमलपोखरी काठमाडौंमा सम्पन्न गरेको छ ।

सनराइज क्यापिटल लिमिटेडले आफ्नो १३औं वार्षिक साधारणसभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ३० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ । त्यस्तै सभाले सनराइज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड गाभ्ने/गाभिने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पारित गरेको छ ।

यसका साथै, वार्षिक साधारणसभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण प्रस्ताव पारित तथा आ.व. २०८०/८१ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखापरिक्षकको नियुक्ती उक्त साधारणसभाबाट निर्णय गरिएको छ ।