एनसेल एपको डाउनलोड १ करोड नाघ्यो, १० दिने उत्सव कार्यक्रमको घोषणा


काठमाडौं – एनसेलका ग्राहकमाझ लोकप्रिय रहेको एनसेलको सेल्फ–सर्भिस मोबाइल एप ‘एनसेल एप’ले १ करोड डाउनलोडको उपलब्धि हासिल गरेको छ। योसँगै एनसेल एप नेपालमा सबैभन्दा बढी प्रयोग हुने डिजिटल प्लेटफर्ममध्ये एक भएको छ। ग्राहकको डिजिटल यात्रालाई अझ सहज र आधुनिक बनाउनका लागि तयार पारिएको यो एप प्रयोगकर्ताका लागि भरपर्दो डिजिटल टुलको रूपमा झन् लोकप्रिय बन्दै गइरहेको एनसेलले जनाएको छ।

एनसेल एपमार्फत् ग्राहकले कुनै कोड डायल नगरी, एनसेल सेन्टर वा आधिकारिक विक्रेताकोमा नगई सजिलै विभिन्न सेवा लिन सक्छन्। साधारण ब्यालेन्स रिचार्जदेखि प्याक खरिद, उजुरी दर्ता, ब्यालेन्स ट्रान्सफर, अनलाइनरअफलाइन गेम, सेवा सक्रियरनिष्क्रिय गर्ने सुविधा लगायतका धेरै सेवा उपलब्ध भएकाले यो एप सहज र निर्वाध डिजिटल सेवा अनुभव चाहने ग्राहकको पहिलो रोजाइ बनेको छ।

एनसेलले १ करोड डाउनलोड नाघेको अवसरमा १० दिने उत्सव कार्यक्रमको घोषणा पनि गरेको छ। यस अन्तर्गत हरेक दिन १० जना भाग्यशाली ग्राहकले १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी अल टाइम डेटा पाउन सक्नेछन्। पहिलो पटक एप डाउनलोड गरी लग–इन गर्ने ग्राहक वा एपमार्फत् कुनै न कुनै प्याक खरिद गर्ने ग्राहक १० जीबी डेटा जित्न योग्य हुनेछन्।

‘एनसेल एपमार्फत् १ करोडभन्दा बढी ग्राहक हामीसँग जोडिनु भएकोमा हामी अत्यन्त खुसी छौं। यसले हाम्रो एप ग्राहकको डिजिटल दैनिकीको एक महत्त्वपूर्ण हिस्सा बनिसकेको स्पष्ट देखाउँछ। ग्राहक सेवा अनुभवलाई अझ उत्कृष्ट बनाउँदै, एपले ग्राहकहरुको डिजिटल यात्रालाई सरल बनाउन सहयोग पुर्‍याएको छ’, एनसेलका चीफ डिजिटल च्यानल्स एन्ड एक्सपिरियन्स अफिसर स्टिवन रोड्रिगेजले भने। उनका अनुसार एनसेलले सरकारको ‘डिजिटल नेपाल’ भिजनलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान गर्दै कागजरहित र प्रभावकारी सेवा प्रवाहलाई प्रवर्द्धन गर्दै आएको छ।

‘यो उपलब्धि केवल एउटा संख्या होइन, यसले हामीले ग्राहकहरूप्रति समर्पित हुँदै गरेको कार्य र उनीहरूलाई डिजिटल रूपमा जोड्ने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ। हामीप्रति ग्राहकहरूले देखाउनुभएको विश्वासका लागि हामी हृदयदेखि आभारी छौं’, उनले भने। यो एनसेल एप विदेशमा रहेका नेपाली कामदार तथा यात्रुका लागि पनि महत्त्वपूर्ण डिजिटल सोलुसन सावित भएको कम्पनीले जनाएको छ। जसले लामो होस् वा छोटो बसाइँका बेलामा ग्राहकलाई रोमिङमा पनि सजिलै रिचार्ज गर्न, प्याक किन्न र आफ्नो एनसेल सिम सहज रूपमा प्रयोग गर्न सहयोग पुर्‍याएको छ।