भिजन लुम्बिनी उर्जा कम्पनीका लगानीकर्ताको हात खाली


काठमाडौं – भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको हो।

सोही निर्णय अनुसार कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेश गर्ने भएको छ।