राष्ट्रिय बीमा कम्पनीको नाफा ६३% ले बढेर ७७ करोड माथि, बीमा कोष रकम ३ अर्ब बढि

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षमा उल्लेख्य रुपमा बढेको छ ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ७७ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६३.१८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

यस अवधिमा कम्पनीले ३७ करोड २१ लाख १६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३४ करोड ५३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क ७.७४ प्रतिशतले बढी हो ।

२६ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३ अर्ब ७७ करोड १५ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको जगेडा कोषमा ३ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ संचिती रहेको थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा संचिती बढी हो ।

यस्तै, कम्पनीको बीमा कोषको आकार बृद्धि भएर ३ अर्ब ५ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको बीमा कोष २ अर्ब ६६ करोड थियो ।

कम्पनीले गत आवमा १७ करोड ६२ लाख रुपैयाँ कूल दावी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड २९ लाख रुपैयाँ बराबरको कूल दावी भुक्तानी गरेको थियो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २८९ रुपैयाँ ७३ पैसा, प्रतिशेयर नेटवर्थ १५१४ रुपैयाँ ४७ पैसा र मूल्य आम्दानी अनुपात ५५.५६ गुणा रहेको छ ।