शुक्रबार रातीदेखि देशभर अविरल वर्षा, राजधानी जोड्ने सबै राजमार्ग पूर्णरुपमा अवरुद्ध


काठमाडौं । शुक्रबार रातीदेखि सुरु भएको अविरल वर्षाका कारण देशभरका सडक राजमार्ग अवरुद्ध बनेका छन् । जल तथा मौसम विज्ञान विभागले शुक्रबार अर्थात असोज १७ गते दिउँसो २ बजेदेखि देशव्यापीरुपमा अविरल वर्षा सुरु हुने प्रक्षेपण गरेको थियो । तर, पूर्वनिर्धारित समयभन्दा पछाडी सुरु भएको वर्षाले सडक अवरुद्ध गरेको हो ।

नेपाल प्रहरीका अनुसार हालसम्म उपत्यका जोड्ने सबै राजमार्ग बन्द भइसकेका छन् । पृथ्वी राजमार्गसँगै अरनिको राजमार्ग र अन्य मूख्य सकड समेत अवरुद्ध बनेको प्रहरीले जनाएको छ । हेटौंडा काठमाडौं जोड्ने फर्पिङको सडक समेत अवरुद्ध बनिसकेको छ ।

विभागले असोज २० गतेसम्मै अविरल वर्षाको जोखिम औंल्याएको छ । सडक अवरुद्धसँगै बाढी, पहिरो र डुबानको जोखिम समेत उच्च रहेको बताइएको छ । प्रशासनले मूख्य राजमार्ग बन्द गरिसकेको छ भने अत्यावश्यक बाहेकको अवस्थामा यात्रा नगर्न सर्वसाधारणलाई सरकारकारले आग्रह गरेको छ ।