बैंकिङ्ग समाचार, काठमाडौं ।
सनराइज बैंक भद्रपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोसी प्रदेशको भद्रपुर लनभचस्थित गिरिचोकमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ। भद्रपुर नगरपालिका प्रमुख गणेशकुमार पोखरेल तथा बैंकका कोसी प्रदेश प्रमुख विनोद गजुरेलद्वारा संयुक्त रूपमा उक्त यात्रु प्रतिक्षालयको उद्घाटन तथा हस्तान्तरण गरेका छन्।
उक्त यात्रु प्रतिक्षालय निर्माण गरिएपछि मेची राजमार्ग तथा भद्रपुर बसपार्कसम्म दैनिक यात्रा गर्ने सयौं यात्रु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।



About Us
प्रतिक्रिया