द नेशनल बैंकिङ्ग डिस्कोर्श: किन र के–का लागि ?

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार,काठमाडौं । 
कोभिड–१९ को महामारी र विश्वमा विकसित विभिन्न राजनीतिक आर्थिक परिघटनाहरुको कारण नेपालको अर्थतन्त्रमा समेत गम्भिर नकारात्मक असरहरु देखा परिरहेको छ । यतीबेला अर्थतन्त्रको बारेमा ब्यापक चिन्ता र चासो बढिरहेको छ । यस प्रकारको वर्तमान विषम परिस्थितिमा नेपाल सरकारका मातहतका निकाय, विकास साझेदार संस्थाहरु, प्रमुख राजनीतिक दल र सरोकारवाला सम्पूर्ण पक्षहरु एक भई आर्थिक गतिविधिलाई तिब्र बनाउने र सुषुप्त अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउने सबैको मुख्य आवश्यकता बनेकोे छ ।

यस्तै खाले विषम परिस्थिती र समयलाई ध्यानमा राख्दै आगामी  जेठ २ गते मगंलबार काठमाडौंको सोल्टी होटमा बृहत राष्ट्रिय आर्थिक संवाद कार्यक्रम ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ को आयोजना  हुने भएको छ । 
बैंकिङ्ग समाचारद्धारा आयोजना गरिने उक्त कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्नेछन ।

किन आवश्यक भयो ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श कार्यक्रम ? 

विशिष्ट अतिथिहरु, आधिकारिक व्यक्तित्वहरु, बिषयगत विज्ञहरुको उपस्थितिकाबीच ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ कार्यक्रममा वर्तमान आर्थिक अवस्थाको विषयमा चरणबद्ध परिसंवाद गरिनेछ । यसले  हालको अभुतपूर्व समस्याहरुलाई चिर्दै नयाँ समाधानको खोजी, बैंकिङ्ग क्षेत्रको अन्योलताका यथार्थ र मिथकहरु, तर्क र तथ्य सहितका जवाफहरु पैदा गर्ने अपेक्षा गरिएको छ ।  कार्यक्रममा ४ वटा फरक–फरक शिर्षकमा बृहत संवाद गरिने बताइएको छ । सत्रहरुको पहिलो संस्करणमा वर्तमान आर्थिक परिदृश्यमा बजेटसँगको अपेक्षा विषयमा गहन बिमर्स हुनेछ । दोस्रोमा वित्तीय सेवा इकोसिस्टमको डिजिटलाइजेशनको स्थिती र चुनौती, तेस्रोमा रेमिट्यान्सले धानेको अर्थन्त्रको प्राण र यसको भविष्य र चौथो संस्करणमा दिगो अनी समावेशी बिकासका लागि अह्म बित्तिय साक्षरताको अपरिहार्यता र स्थितीहरुको मूल विषयवस्तुमा गम्भीररुपमा छलफल हुने बताइएको छ ।

सम्मेलनमा नेपालको वर्तमान आर्थिक एवंम बैंकिङ्ग अवस्था, चुनौती तथा समाधानका उपायहरुमा गहन विचार–विमर्श हुनेछ । हाल उद्योगी व्यवसायीहरुको मनोबल निकै घटेको, विभिन्न कारणले मागमा संकुचन आई उत्पादन प्रभावित भएको जस्ता समस्या समाधानका विषयमा समेत सरोकारवालाहरुले विशेष प्रस्तुती दिनेछन् । चालु आर्थिक वर्षमा सरकारले राखेको लक्ष्य अनुसारको राजस्व संकलन नभएको, पूजीगत खर्च अपेक्षित नसकिरहेको र राष्ट्रिय तथा अन्तराष्ट्रिय परिवेशका कारण मूल्यवृद्धि बढिरहेको र त्यसले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभाव जस्ता विषयहरुमा पनि गम्भीर चिरफार हुनेछ ।

प्रोमो 

त्यती मात्रै नभई आर्थिक, बैंकिङ्ग एवंम व्यवसायिक क्षेत्रका विभिन्न शिर्षकहरुमा गरिने ब्यापक छलफल तथा बहसमा प्राप्त हुने पृष्ठपोषणहरुलाई संश्लेषण गरी आर्थिक एवंम बैंकिङ्ग सुधार तथा आत्मनिर्भर अर्थतन्त्रको भावी कार्यदिशाका बारेमा बहुउपयोगी समाचार सामाग्री तयार गर्ने र सरकार तथा सरोकारवाला निकायहरु समक्ष र आम सर्वसाधारणहरुलाई बुझाउने सम्मेलनको मुख्य उद्देश्य छ । वर्तमान परिपक्षमा आर्थिक मन्दीको असर खेपिरहेका ठुला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचान, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी–व्यवसायीले भौग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरु समाधान गर्दै थप लगानी भित्र्याउन, निर्यात प्रवद्र्धन गर्न र साझेदारी तथा लगानीमैत्री वातावरण सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पुर्याउने कार्यक्रमको उद्देश्य छ ।  

त्यसैगरी सम्मेलनबाट स्वदेशी उत्पादनमा वृद्धि, उपभोग तथा निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने, रोजगारीका अवसरहरुको सृजना, लगानीका सम्भावित क्षेत्रहरुको पहिचानसहित लगानी विस्तार, युवा तथा महिलाहरु उद्यम तथा व्यवसायमा आकर्षित गर्नेे, घरेलु, साना, मझौला उद्योगहरुको स्तरोन्नतिसहित नवप्रर्वद्धन क्षेत्रमा लगानी बढाउने, बैंक तथा वित्तीय क्षेत्रको दिगो प्रवद्र्धन कसरी गर्ने भन्ने मुल विषयहरुमा ब्यापक छलफल गरिने बताइएको छ । यसले गर्दा मुलुकको आर्थिक क्षेत्रमा नयाँ वातावरण सिर्जना भई सरकारले आगामी बजेटमा बनाउने निति तथा कार्यक्रममा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजक बताउँछ ।