द नेशनल बैंकिङ्ग डिस्कोर्शः चिर्दै अभुतपूर्व समस्याका चुनौतीहरु, प्रधानमन्त्रीद्धारा उद्घाटन हुँदै 

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार,काठमाडौं । 
बृहत राष्ट्रिय आर्थिक संवाद कार्यक्रम The National Banking Discourse-2023 ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’  हुने भएको छ । बैंकिङ्ग समाचारले आयोजना गर्ने उक्क्त कार्यक्रम वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)द्धारा उद्घाटन गरिनेछ । 

नबिल बैंकद्धारा प्रायोजित यस कार्यक्रम जेठ २ गते मंगलबार काठमाडौंस्थीत सोल्टी होटलमा हुने भएको हो । 

के हो ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ कार्यक्रम ? 

‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ कार्यक्रममा बर्तमान आर्थिक परिदृश्यमा बजेटसँगको अपेक्षा, वित्तीय सेवा इकोसिस्टमको डिजिटलाइजेशनको स्थिती र चुनौती, रेमिट्यान्सले धानेको अर्थन्त्रको प्राण र यसको भविष्य, दिगो अनी समाबेशी बिकासका लागि  बित्तिय साक्षरताको अपरिहार्यता र स्थिती लगायतका विषयवस्तुमा मुलभुत छलफल हुनेछ ।  

यस्तै आजको बैंकिङ्गको अवस्था, ब्याजदर वृद्धिको समस्या, बैंकहरुमा भइरहने तरलताको समस्या, बढ्दो निष्क्रिय कर्जाको स्थिती, वित्तीय संस्थाप्रतिको विश्वास घटाउने अफवाहको निराकरण, मौद्रिक नीतिबाट बैंकहरुमा भइरहेको निरन्तर दबाव, वित्तीय साक्षरताका विषयहरु, वित्तीय सेवा इकोसिस्टमको डिजिटलाइजेशनको, स्थिती र चुनौती लगायतका विषयहरुमा हुने बृहत परिसंवादले हालको अभुतपूर्व समस्याका चुनौतीहरु समाधान, तर्क र तथ्य सहितका जवाफहरुमार्फत नयाँ मार्गदिशा तय गर्ने मुख्य अपेक्षा रहेको छ । 

\"\"कार्यक्रममा आजको बैंकिङ्ग क्षेत्रको अन्योलताका यथार्थ र मिथकहरु, दिगो बैंकिङ्ग, सटिक विश्लेषण र व्याख्या सहित रेमिट्यान्स, बित्तीय साक्षरता लगायत बिभिन्न बिषय माथिको गहन बिमर्स हुने बताइएको । सम्मेलनले ठुला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचात्पादनमूलनसहित उक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी–व्यवसायीले भौग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरु समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवद्र्धन गर्ने र साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पुर्याउने उद्देश्य राखेको छ ।

विश्व कोभिड माहामारीबाट तङ्ग्रीदै गर्दा सुरु भएको रुस युक्रेन युद्धले इन्धन र खाद्यान्नमा चरम मुल्य वृद्धिलाई निम्त्याएको छ । फलस्वरूप विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीका कारण हाम्रो अर्थतन्त्रमा पनि प्रभावित छ । यसै परिपेक्षलाई ध्यानकेन्द्रित गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रम घोषणाको पूर्व सन्ध्यामा बैंकिङ्ग समाचारको अथक पहलबाट ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ को आयोजना गर्न लागिएको हो । कार्यक्रमा प्रधानमन्त्री, गर्भनर, अर्थमन्त्री, अर्थविद्ध लगायत अन्य बिशिष्ट व्यक्तीहरुको उपस्थित हुने बताइएको छ ।