वैदेशिक रोजगार व्यवसायी संघको सय दिनः जापान कामदार पठाउन सूचीकरणदेखि कयौं समस्या सुल्झाउनेसम्म 

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

वैदेशिक रोजगार व्यवसायी संघको नयाँ कार्यसमितिले आफ्नो सय दिनको कार्य विवरण सार्वजनिक गरेको छ । कार्यसमिति अध्यक्ष राजेन्द्र भण्डारीले संघले सय दिनमा गरेको काम र आगामी योजना सार्वजनिक गरेका हुन । 

संघले आइतबार पत्रकार सम्मेलन गर्दै आफुले गरेका कामबारे जानकारी दिएको हो । आफ्ना सय दिनमा संघले जापान कामदार पठाउन सूचीकरण सुरु गर्नेदेखि व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको समस्या सुल्झाउनेसम्म काम गरिरहेको हक हितका लागि काम गरिरहेको अध्यक्ष भण्डारीले बताए ।

उनले भने, ‘अहिले फ्रि भिसा र फ्री टिकटको व्यवस्था छ । अब त्यसमा केही सेवा शुल्क थप्ने गरि संघले काम गरिरहेको छ । फ्रि भिसा र फ्रि टिकट भएको बेला कुनै व्यवसायीले आफु खुसी पैसा उठाएकाले श्रमिकको मासिक तलब बराबर सेवा शुल्क लिने कानून बनाउन लागिरहेको छु’, यसलाई अझै ब्यख्या गर्दै उनले भने, ‘अहिले केही मेनपावर व्यवसायीले आफु खुसी शुल्क लिरहेका छन् । १ महिनाको तलव बराबार शुल्क लिने व्यवस्था भएपछि श्रमिक र सरकार दुवैलाई फाइदा हुन्छ । युरोपमा पनि १ महिनाको सेवा शुल्क नै लिने गरि बैधानीक बाटोबाट रोजगारीमा पठाउने सरकारसँग पहल सुरु भएको छ ।’

संघले यस अवधिमा २२ काम र आगामी दिनमा गर्ने २० बुँदे योजनासहित सार्वजनिक गरेको हो । जसमा व्यवसायी, श्रमिक र सरकारलाई फाइदा हुने योजनाहरु प्रस्तुत छन् ।

यस्ता छन् सय दिनमा संघले गरेका महत्वपूर्ण कार्यहरु 

सय जना कामदारको समस्या समाधान गर्न पहल

सेवा शुल्क परिमार्जन गर्न मन्त्रालयमा मागपत्र पेश

मागपत्र प्रमाणीकरण सम्बन्धि समस्या समाधान गर्न पहल

पटक पटक विज्ञापन गर्नु पर्ने व्यवस्थाको अन्त्य

वैदेशिक रोजगार व्यवसायी कोष संचालन सम्बन्धि मापदण्ड, २०७९

नेपालस्थित साउदी अरवको दुतावाससँग सम्बिन्धित समस्या समाधान गर्न पहल

मलेसियाका समस्या बारे मलेसियन गृह मन्त्रीलाई ध्यानाकर्षण

 व्यवसायीका समस्या समाधान गर्न समिति गठन

व्यवसयी उपर परेका उजुरी फरफारक

ऐन कानून संशोधनका लागि सुझाव पेस

जापान कामदार पठाउन सूचीकरण

व्यवसायीलाई क्षमता अभिवृद्धि तथा प्रशिक्षण लगायत रहेका छन्

यस्तो छ संघले जारी गरेको प्रेस विज्ञप्ती