कृषि विकास बैंक र दराजबीच ईकम कारोबारको लागि सम्झौता 

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
कृषि विकास बैंक र दराजबीच ईकम कारोबारको लागि सम्झौता भएको छ । मंगलबार बैंक र दराजबीच सम्झौता भएको हो ।

बैंकले आधुनिक प्रविधिको विस्तारसंगै आफ्ना ग्राहक वर्गहरुलाई आधुनिक बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले सम्झौता गरिएको जनाएको छ । बजारको माग तथा ग्राहकको आवश्यकता अनुसार आधुनिक बस्तु तथा सेवाहरु उपलब्ध गराउन कृषि विकास बैंक लिमिटेडले नेपालमा बृहत बजार संजाल रहेको दराज अनलाईनसँग ईकम कारोबारको लागि सम्झौता गरेको बैंकले जनाएको छ ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थितिमा बैंकको तर्फबाट बैंकका उपमहाप्रवन्धक तथा प्रमुख सञ्चालन अधिकृत प्रताप सुवेदी तथा दराज अनलाइनको तर्फबाट अनलाईन पेमेन्ट प्रमुख अरुण फुयाँलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा बैकका उच्च पदस्थ कर्मचारीहरुको पनि सहभागिता रहेको थियो । सम्झौता पश्चात कृषि विकास बैकका डेविट तथा क्रेडिट कार्डबाहक ग्राहकहरुले दराज अनलाईनले उपलब्ध गराएको अनलाईन प्लेटफर्ममार्फत बस्तु तथा सेवा खरिद गर्न सक्नेछन् ।

जसका लागि बैकका कार्डबाहकहरुले नजिकैको शाखा कार्यालयहरुमा गई केवासी, आफ्नो मोवाईल नम्वर तथा ईमेल ठेगाना अद्याबधि गर्नु पर्नेछ । हाल बैकले ईकम रजिष्टे«सन सेवा निशुल्क उपलब्ध गराएको छ । यसले गर्दा अनलाईन प्लेटफर्म मार्फत बस्तु तथा सेवा खरिद गर्न सक्ने भएकोले यसबाट कृषि विकास बैंकका ग्राहकहरुलाई सुविधा प्रदान हुने र बैंक तथा दराज अनलाईनका ग्राहकहरुले थप सुविधा पाउने अपेक्षा गरिएको छ ।