बैंकिङ समाचार,काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः प्रतिस्पर्धा हुने भएको छ । अर्का प्रत्यासी रामचन्द्र संघाइ भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् । बुधबार भएको निर्वाचनको सबै मत परिणाम आज बिहान सार्वजनिक हुँदा कसैले पनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि सबैभन्दा धेरै मत पाएका अञ्जन र उमेशबीच दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।
सबै मतभारलाई १०० प्रतिशत मानेर ५० प्रतिशत बढी मत प्राप्त गर्ने वरिष्ठ उपाध्यक्षमा विजयी हुन्छन्। यदी पहिलो चरणमा ५१ प्रतिशत मत नआएमा बढी मत प्राप्त गर्नेबीच प्रतिस्पर्धा हुन्छ र त्यसमा जसले बढी भोट ल्याउँछ उही विजयी हुन्छ।
विधानअनुसार जिल्ला नगर वाणिज्य संघको ५० प्रतिशत मतभार हुन्छ। वस्तुगतको २० प्रतिशत हुन्छ भने एशोसिएट्सको ३० प्रतिशत भार हुन्छ। अन्तिम परिणाम आएकोमा जिल्लानगरतर्फ रामचन्द्र संघई प्यानलका सुरकृष्ण वैद्य विजयी भएका छन्। उनले ४३ मत प्राप्त गरेर विजयी हुँदा निकटतम प्रतिस्पर्धी अन्जन श्रेष्ठ प्यानलका अरुणराज सुमार्गीले ३७ मत प्राप्त गरे।
वस्तुगतर्फ उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन्। उनी ६१ मत लिएर विजयी हुँदा, निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५८ मत ल्याए। उनी अन्जन प्यानलका हुन्। एसोसियट उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन्। उनले ८४६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी भरतराज आचार्यले ७८१ मत ल्याएका छन्।
वरिष्ठ उपाध्यक्षको लागि बिहीबार १० बजेदेखि पुन मतदान राखिएको छ। अन्जनले ३८ प्रतिशत, उमेशलालले ३१.५१ रामचन्द्रले ३०.४६ प्रतिशत मत लिएका छन्। यो निर्वाचन आयोगबाट घोषणा हुन बाँकी
छ।



About Us
प्रतिक्रिया