रतन केडिया भन्छनः रामचन्द्र संघई नै बरिष्ठ उपाध्यक्षको योग्य उम्मेद्वार 

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार, काठमाडौं । 
१३० वर्ष देखि सञ्चालनमा आएको केडिया अर्गनाइजेशनका सदस्य रतन केडियाले उद्योग वाणिज्य महासंघ निर्वाचनका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघई योग्य उम्मेद्वार भएको बताएका छन् । 

बैंकिङ्ग समाचारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘रामचन्द्र संघई हाम्रो क्षेत्रबाट एउटा योग्य उम्मेद्वार हुनुहुन्छ । महासंघका समस्या चुनौतीबारे जानकार र अनुभवी भएकाले उहाँले महासंघका समस्याहरुको सहजै समाधान खोज्न सक्नुहुन्छ जस्तो मलाई लाग्छ।’ ‘उहाँको व्यवसायीक विगतलाई हेर्दा पनि कयौं अप्ठ्यारोहरुलाई सजिलै समाधान गर्न सकिन्छ भनेर समुहमा सहर्काय गरेर अगाडि जानुहुन्छ’ उनले भने ।  

यतीबेला वरिष्ठ उपाध्यक्षमा ३ जनाको बलियो दाबेदारी प्रस्तुत छ । महासंघमा हालका वस्तुगततर्फको उपाध्यक्ष अञ्जन श्रेष्ठ, एशोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघई र अघिल्लो कार्यकालका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा आमनेसामने हुँदैछन ।

निर्वाचनके सन्दर्भमा बोल्दै केडिया भन्छन, ‘प्रतिसपर्धाकाबीच संघई नै बलियो दाबेदारीमा हुनुहुन्छ । उहाँ सुरुदेखी नै सदस्यको रूपमा वाणिज्य संघमा जोडिएका हुनाले र योसँगै आफु पनि व्यवसायी भएर यो बिषयमा जानकार भएकाले अर्थतन्त्रमा देखिएका विभिन्न समस्याहरु सरकार समक्ष राख्ने मात्रै नभएर उहाँले समाधान पनि गर्नुहुन्छ  भन्ने पूर्ण विश्वास छ ।’