रामचन्द्र संघईले चुनाव जिते व्यवसायीका अधिकांश समस्या समाधान हुनेछः सन्दिप कुमार अग्रवाल

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौ । 
नेपाल वनस्पति घ्यु तेल उत्पादक संघका अध्यक्ष सन्दिप कुमार अग्रवालले बरिष्ठ उपाध्यक्षका उम्मेद्वार रामचन्द्र संघाईको प्रशंसा गर्दै चुनावमा विजयी भएको खण्डमा व्यवसायीका सबै समस्या समाधान हुनेमा आफु विस्वस्त रहेको बताएका छन । 
उनले रामचन्द्र संघईको उम्मेदवारीबारे बोल्दै संघई व्यवसायीका समस्याबारे जानकार भएको र आफ्नो जिम्मेवारी राम्रोसँग निभाउनेमा आफु विश्वस्त रहेको बताएका छन् । 

'व्यक्तित्वको रुपमा हेर्दा उहाँ सुमधुर व्यक्ति हुनुहुन्छ उहाँको अघिल्लो कार्यकाल पनि निर्विरोध भएकोले पनि आफ्नो जिम्मेवारीलाई राम्रोसँग निभाउनुहुन्छ । व्यवसायीक यात्राले पनि हेर्दा उहाँ प्रतिष्ठत व्यवसायी हुनुहुन्छ । साना ,मझौला,ठुला उद्योगी हरुको समस्याबारे जानकार पनि हुनुहुन्छ’ उनले भनेका छन्  । 

बैंकिङ्ग समाचारसँगको कुराकानीमा अग्रवालले यस्तो बताएका हुन् ।  वस्तुगत तर्फबाट कार्यसमितिको सदस्य भएका अग्रवाल हाल कर तथा राजस्व समितिको सभापति भएर अघिल्लो निर्वाचनदेखि आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् । 
उनले व्यवसायीक रुपमा अहिलेको समय चुनौतिपुर्ण रहेको बताएका छन् ।  उनले भने, ‘व्यवसायीक रुपमा हेर्ने हो भने यो समय अत्यन्तै चुनौतिपूर्ण हो । अहिले हरेक क्षेत्रका व्यवसायीहको मनोबल घटेको छ । व्यवसायका हरेक क्षेत्रमा समस्या देखिएको छ । राजस्व उठेको छैन ।’  

अग्रवालले व्यवसायीसँगै सरकालाई पनि यो समय चुनौतिपूर्ण रहेको बताएका छन् । ‘राजस्व कसरी उठाउने, कसरी व्यवसायीहरुको मनोबल बढाउने, लगायतका विषयमा कुार गर्दा सरकारलाई पनि चुनौतिपूर्ण अवस्था छ । हाम्रो समग्र अर्थतन्त्रले पनि जुन चुनौतिपूर्ण समय सामना गर्नुपरेको छ यस विषयमा अत्यन्तै गम्भीर भएर लाग्नुपर्ने देखिन्छ । अर्थतन्त्रको बाह्य क्षेत्र पनि अलिक मात्रै सुधारोन्मुख देखिएको हो’ उनले भने । 

यस्तो अवस्थामा वाणिज्य महासंघको निवार्चनमा निर्वाचित वरिष्ठ उपाध्यक्षबाट धेरै आशा राखेको पनि अग्रवालले बताएका छन् ।