बैंकिङ समाचार, काठमाडौ ।
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यकी उम्मेद्वार महिला उद्यमी राज्यलक्ष्मी शाक्यले महिलाहरुलाई कागजी रुपमा मात्रै प्रस्तुत गरिएको प्रतिक्रिया व्यक्त गरेकी छिन । बैकिङ्ग समाचारसँगको कुराकानीमा शाक्यले यस्तो बताएकी हुन् । ‘महिलाहरुलाई कागजी रूपमा मात्रै प्रस्तुत गरीएको छ । कार्यान्वयनमा ल्याउन सकिएको अवस्था छैन ’ उनले भनिन् ।
शाक्यले यतिबेला नेपाल उद्योग महासंघको आसन्न निर्वाचनमा एसोसिएट तर्फबाट कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन । उनी कीर्तिपुर उद्योग वाणिज्य संघको संस्थापक अध्यक्ष हुन् । महासंघको ५७ औं साधारणसभा चैत २८ र २९ गते हुँदैछ । व्यावसायिक हकहितका क्षेत्रमा काम गर्ने, महासंघलाई सफल बनाउन आफ्नो ठाउँबाट योगदान गर्ने, महिला उद्यमशिलताको विकासमा सक्रिय हुने लगायतका प्रतिबद्धता उनले गरेकी छन् ।
आफूलाई मतदान गरी विजयी गराइदिन अपिल गर्दै उनले आफुले आफ्नो प्रतिवद्धता कुशलतापूर्वक पुरा गर्ने बताइन । महासंघको महिला कमिटिमा रहेर २ कार्यकाल काम गरिसकेकी शाक्यसँग महिला उद्यमशीलताको क्षेत्रमा काम गरेको १९ वर्षको अनुभव छ ।
भिडियो
सामाजिक अभियान्तासमेत रहेकी उनी विभिन्न सामाजिक संघसंस्थासँग जोडिएर सामाजिक सेवामा सक्रिय छन् । पूर्व उपराष्ट्रति परमानन्द झाको स्वकीय सचिवालयमा रहेर काम गरेको अनुभव पनि उनीसँग छ ।
सम्बन्धित निकायमा पहुँच पुर्याउन नसक्ने साना, मझौला तथा ठुला व्यापारीलाई साथ तथा सहयोग गर्नका लागि आफू महासंघमा जान लागेको उनले बताएकी छिन । ‘विगतमा पनि काम गरेको अनुभव छ । आगामी दिनमा महासंघमा रहेर अझै सक्रिय रुपमा काम गर्ने चाहना छ’ उनले भनिन् ।
अहिलेको युवा उद्यमी, दैनिक रुपमा विदेशिरहेका युवा पुस्तालाई स्देशमै उद्योग व्यवसाय सञ्चालन गर्न ऋणको प्रवाह गरी यहीँका उत्पादित वस्तुहरु निर्यात गर्न अभिप्रेरित गर्ने शाक्यले बताएकी छिन् । यो सँगै सातैवटा प्रदेशमा उत्पान भएको समान बजारीकरण गर्न नसकेका युवा उद्यमी महिला दिदिबहिनिहरुको उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउने काम गर्ने प्रतिबद्धता शाक्यले गरेकी छिन् ।
विपन्न वर्गका महिलाहरुलाई सिपमुलक र आयमुलक कार्यक्रमहरु गरेर आय–आर्जको स्रोत बढाउने काम गर्ने पनि उनले बताएकी छिन् ।
त्यस्तै, महासंघलाई हाक्न रामचन्द्र संघई सक्षम रहेको उनको भनाई छ । संघईले नेपालका युवाहरूको शक्तिलाई संचय गरेर सम्पतिमा परिणत गरेको र उद्यमीका समस्याहरु सुनेर बुझेर उत्पन्न समस्याहरुलाई न्युनिकरण गर्नुहुन्छ भन्नेमा आफु विश्वस्त रहेको शाक्यले बताएकी छिन् ।



About Us
प्रतिक्रिया