नबिल बैंकको सहकार्यमा बैकिङ्ग समाचारले मनायो ग्लोबल मनि विक 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

नबिल बैंकको सहकार्यमा बैकिङ्ग समाचारले ग्लोबल मनि विक मनाएको छ । नेपाल राष्ट्र बैंकले युवामा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यका साथ चैत ६ गत्ते देखी विश्वब्यापी रुपमा मनाइएको  ‘ग्लोबल मनि विक’ १२ गत्ते सम्पन्न भएको हो ।

नेपालको नेशनल समन्वयकारी भुमिकामा रहेको नेपाल राष्ट्र बैंकले विभिन्न कलेका विद्यार्थी, स्थानीय प्रशासन र संस्थाका सदस्यहरुको सहभागीतामा औपचारीक कार्यक्रम गरी शुभारम्भ भएको कार्यक्रम चैत्र १२ गते सम्म विभिन्न चरण गरी संस्थाको विभिन्न शाखा कार्यालयका सदस्यहरुको सहभागीतामा सम्पन्न भएको हो ।

कार्यक्रमहरुमा वित्तीय साक्षरता आजको आवश्यकता र बैंक तथा वित्तीय संस्थाको महत्व , वित्तिय अनुशासन, कर्जाको महत्व तथा कर्जा सदुपयोगिता, बचतको महत्व, बचत, कर्जा, बीमा, रेमिटान्स, डिजिटल बैंकिङ, आम्दानी, खर्च, कर्जाको प्रयोग, बिप्रेषण लगाएतका विषयमा अन्तरक्रिया तथा जनचेतनामूलक सामाग्रीहरु प्रस्तुत गरिएको थियो । 

विभिन्न बैंकका, विभिन्न पदमा रहेका कर्मचारीहरुसंग ग्लोबल मनि विकको बारेमा अन्तरक्रियात्मक पनि गरिएको थियो  । ‘ग्लोबल मनि विक’ को उद्धघाटन कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालमा बचतको तुलनामा उपभोग र खर्च गर्ने प्रवृत्तिबढी रहेको धारणा राखेका थिए । युवालाई वित्तीय ज्ञान, सीप र मनोवृत्तिका साथै व्यावहारिकरुपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गर्ने र आर्थिक समृद्धिमा सघाउ पुर्याउने उद्देश्यमा यो सप्ताह केन्द्रित रहँदै आएको बताएका थिए । 

 

यस्तै नबिल बैंकका नायब महाप्रवन्धक आदर्श बजगाईले विद्यार्थी (युवा लक्षित) ग्लोबल मनि विक लाई  संरचनागत सुधार गर्ने हो भने  विद्यार्थी शिक्षादेखि नै सुरु गर्नुपर्ने बताएका थिए । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले ग्लोबल मनि विकले वित्तिय साक्षरता अभिवृद्धि गर्न निकै सहयोग पुर्याउने  र यो एकदमै आवश्यक रहेको बताएका छन् । 

नबिल बैंकका नायब प्रमुख कार्याकारी अधिकृत मनोज ज्ञावालीले वित्तीय साक्षरतालाई अभिवृद्धि गर्न ग्लोबल मनि विकले ब्यक्ति समाज देश र अर्थतन्त्रलाई सहयोग पुग्ने र यसमा नबिल बैंक सहभागी भएको बताएका थिए । ग्लोबल मनि विक २०२३ बाट आफुहरुले वित्तीय क्षेत्रको बारेमा जानकारी भएको कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुले बताएका छन् ।