राष्ट्र बैंकले लघुवित्तलाई कडा नीति ल्याएसँगै नेप्सेमा उच्च गिरावट, ३७ लघुवित्तको शेयरमा नकारात्मक सर्किट

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले लघुवित्तहरुलाई उपयुक्त नियमन गर्नका निम्ती हिजो कडा कडा नीति सार्वजनिक गरेसँगै आज नेप्सेमा उच्च अंकको गिरावट भएको छ । साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ५७.७४ अंकले घटेर २ हजार २२ दशमलब ६४ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से ३३.५७ अंकले बढेर २ हजार ८० दशमलब ३८ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा उच्च अंकको गिरावट भएपनि कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ । आज नेप्सेमा २ अर्ब ५२ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १ अर्ब ८० करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीहरुमध्ये १४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २०३ कम्पनीको शेयरमूल्य घटेको छ, १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज कारोबार भएको कम्पनीहरुमध्ये दुई कम्पनीको शेयरमूल्यमा सबै भन्दा बढि वृद्धि भएको छ । आज नेपाल हाइड्रो डेभलपर्स र सामलिङ्ग हाइड्रोपावरको शेयरमूल्यमा सबैभन्दा बढि वृद्धि भएको छ । यि दवै कम्पनीहरुको शेयरमुल्य ४ प्रतिशत भन्दा बढिले वृद्धि भएको हो । 

आज नेप्सेमा ३७ वटा लघुवित्त वित्तीय संस्थाहरुको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ भने अन्य ८ वटा लघुवित्तको शेयरमुल्य ९ प्रतिशत भन्दा बढिले घटेको छ । राष्ट्र बैंकको नयाँ नीति आएसँगै लघुवित्तको शेयर आज बेच्नेहरुको संख्यामा उच्च वृद्धि भएको थियो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी छिमेक लघुवित्तको भएको छ । यसको आज ८ करोड ७० लाखभन्दा बढीको कारोबार भएको छ ।