काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठले पद ग्रहण गरेको छन् । मंगलबार तीन लगानीकर्ता संघले श्रेष्ठलाई भेटेर ज्ञापन पत्र बुझाएको हो । शेयर लगानीकर्ता संघ नेपाल पुँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघका पदाधिकारीहरूले अध्यक्ष श्रेष्ठलाई भेटेर ज्ञापन पत्र बुझाएको बताइएका छन्।
नेपाल धितोपत्र बोर्डमा अध्यक्षले पदभार ग्रहण गरेसँगै पुँजी बजारमा सुधार ल्याउने उद्देश्यले विभिन्न नीतिगत पहलहरू सुरु भएको सन्दर्भमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनमार्फत पुँजी बजारको दिगो विकास गर्न प्रतिबद्धता जनाइएको हो । जसले बजारमा स्थायित्व र लगानीकर्ताको विश्वासलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।
अहिले बोर्डमा रहेका कम्पनीको आईपीओ प्रस्तावमध्ये अधिकांश कम्पनीहरू लेखा समितिको निर्देशन अनुसार नेटवर्थ ९० भन्दा कम भएको कम्पनीहरूको प्रस्ताव पुनरावलोकन गर्ने र आईपीओ प्रक्रियालाई पारदर्शी बनाउने पहल गरेको छ । हाइड्रोपावर कम्पनीको संस्थापक शेयर धनीहरूले आयोजना सम्पन्न नहुँदै सेयर बिक्री गर्ने प्रवृत्तिमा रोक लगाने गरी नीति निर्माणको तयारी भएको जनाइएको हो।






About Us
प्रतिक्रिया