वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै १३ लाख ठगी गर्ने दुई जना पक्राउ 


काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरू पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौंका प्रविन कुमार शाह र रोल्पाका प्रतिज्ञा बुढामगर रहेका छन् । शाहले वैदेशिक रोजगारीको लागि अल्बानिया पठाइदिन्छु भन्दै १ जनासँग ८ लाख १८ हजार रुपैयाँ ठगेका थिए ।  

बुढामगरले एक जनालाई दक्षिण कोरिया पठाइदिन्छु भन्दै पाँच लाख रुपैयाँ ठगेका थिए । उनीहरूलाई उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।