सुपरमाई हाइड्रोपावरको आईपीओ बाँडफाँट, ४१ हजार ५०० जनाले पाए १० कित्ता शेयर

सुपरमाई हाइड्रोपावरको आईपीओ बाँडफाँट, ४१ हजार ५०० जनाले पाए १० कित्ता शेयर

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा फागुन ५ गते, शुक्रबार विहान आईपीओ बाँडफाँट भएको हो ।

सुपरमाई हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४ लाख १५ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । सो आईपीओमा कुल १३ लाख २२ हजार ४९२ जनाले १ करोड ४३ लाख २७ हजार ९२० कित्ता शेयरका लागि आवेदन दिनएका थिए । सोमध्ये ४ हजार १७२ जनाको आवेदन रद्द भएको र १३ लाख १८ हजार ३२० आवेदन स्वीकृत भएको छ ।

माग भन्दा बढीे आवेदन परेकोले योग्य १३ लाख १८ हजार ३२० जना आवेदकलाई गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको छ । स्वीकृत आवेदनमध्ये ४१ हजार ५०० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् । कुल आवेदकहरूमध्ये १२ लाख ८० हजारभन्दा बढीको हात खाली भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई विक्री गरेको छ । त्यस्तै ५ प्रतिशत दरको २५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई समेत बाँडफाँट गरिसकेको कम्पनीले २ प्रतिशत अर्थात् १० हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो ।