काठमाडौं – ट्रेड टावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने मिति थपेको छ । कम्पनीले यस अधि जेठ १४ जेठदेखि १९ गतेसम्मका लागि आईपीओमा आवेदन खुला गरेको थियो।
नेपाल सरकारले भोटो जात्राको अवसरमा उपत्यकाभित्र सार्वजनिक बिदा दिएकाले आइपीओ निष्कासनका लागि १ दिन (जेठ२०) अवधि थप गरेको हो।
कम्पनीले सर्वसाधारण समूहको कुल ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर जारी गरेको हो । यसअघि वैदेशिक रोजगारमा रहेकालाई कम्पनीले आईपीओ बाँडफाँट गरिसकेको छ।
जसमध्ये वैदेशिक रोजगारमा रहेकालाई १० प्रतिशत, सामूहिक लगानी कोषलाई ५ र कर्मचारीलाई २ प्रतिशत छुटाएपछि बाँकी रहेको ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
उक्त आईपीओमा न्यूनतम १० तथा अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। अंकित मूल्य १ सयका दरले जारी हुने आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ।






About Us
प्रतिक्रिया