ईङवा हाइड्रोपावरले सेबोनबाट पायो आईपीओ निष्कासन गर्ने अनुमति

ईङवा हाइड्रोपावरले सेबोनबाट पायो आईपीओ निष्कासन गर्ने अनुमति


बैंकिङ्ग समाचार, काठमाडौं ।
ईङवा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट अनुमति पाएको छ । 

कम्पनीले कुल १८ लाख कित्ता आईपीओ निष्कासन गर्न फागुन २ गते सेबोनबाट अनुमति पाएको हो । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

अब कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका र स्थायिन बासिन्दाको लागि आईपीओ निष्कासन गर्नेछ । त्यपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।