बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार पनि गिरावट जारी रहेको छ । आज नेप्से घटेर २१ सयको बिन्दुभन्दा तल पुगेको छ । आज नेप्से १३.९० अंकले घटेर २ हजार ९१ दशमलब ५६ विन्दुमा बन्द भएको छ । मंगलबार नेप्से १६.४० अंकले घटेर २ हजार १ सय ५ दशमलब ४६ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्सेमा दोहोरो अंकको गिरावट भएसँगै कारोबार रकम पनि स्थिर रहेको छ । आज नेप्सेमा १ अर्ब ७३ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा १ अर्ब ७८ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीहरुमध्ये ३७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७६ कम्पनीको शेयरमूल्य घटेको छ, ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज एक कम्पनीको शेयरमूल्यमा सबैभनदा बढी वृद्धि भएको छ । आज युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्य ८.५४ प्रतिशतले बढेर प्रतिकित्ता २२ हजार रुपैयाँ पुगेको हो ।
आज गरिमा डिभेञ्चर २०८५ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यसको आज ६ करोड २० लाखभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया