बैंकिङ्ग समाचार, काठमाडौं ।
के तपाईहरुले बैंकबाट कर्जा लिएर समयमै सावाँ तथा ब्याज भुक्तानी गर्नुभएको छ त ? यदी बैंकको कर्जा समयमै भुक्तानी नगरेमा तपाईको धितो बैंकले लिलाम गर्दछ । लिलामी प्रक्रिया अघि बैंकले तपाईहरुलाई ३५ दिने सूचना पनि जारी गरेको हुन्छ । यदी तपाईहरुले ३५ दिन भित्र उक्त रकम भुक्तान गरेमा तपाईहरुको धितो जोगिन्छ । तर तिर्न नसकेमा बैंकले धितो लिलाम गर्नेछ ।
आउनुहोस हेरौं आज कुन-कुन बैंकले जारी गरे कति जनाको ३५ दिने कर्जा चुक्ता गर्ने सम्बन्धी र १५ दिने धितो लिलाम हुने सम्बन्धी सूचना ।
एनआइसी एसिया बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एनआइसी एसिया बैंकले नागरिक दैनिकमा ३ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
कुमारी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये कुमारी बैंकले सौर्य दैनिकमा १ जना, अन्नपुर्ण पोष्टमा ३ जना, नयाँ पत्रिकामा २जना, नागरिक दैनिकमा ४ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
ग्लोबल आईएमीबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये ग्लोबल आईएमीले नागरिक दैनिकमा ४ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ भने नयाँ पत्रिकामा ५ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सूचना जारी गरेको छ ।
आजको डिजिटल युगमा तपाईहरुसँग पत्रपत्रिका उपलब्ध नहुन सक्छ, लिलामी अपडेटको लागि https://bankingsamachar.com/ फलो गर्नुहोला ।
प्रतिक्रिया