काठमाडौं – शुक्रबार नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो।
योसँगै प्रतितोला छापावाल सुन १ लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा १ लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने ने १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १९ सय ८० रुपैयाँमा कायम भएको छ । हिजो चाँदी तोलाको १९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।






About Us
प्रतिक्रिया