सम्पत्ति सुद्धिकरण प्रणलीको सुदृढिकरण गर्ने सरकारको लक्ष्य


काठमाडौं – मूलुकलाई सम्पत्ति सुद्धिकरणको सवल निगरानी सूचिबाट निर्धारित समय अगावै बाहिर निकाल्न र भविष्यमा यस्तो अवस्था आउन नदिन सम्पत्ति सुद्धिकरण तथा आतंककारी कार्यमा पवित्तिय लागनी निवारण सम्वन्धि राष्ट्रिय रणनीति तथा कार्ययोजना बनाइने भएको छ ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

सम्पत्ति सुद्धिकरण प्रणलीको सुदृढिकरण गर्नको लागि नेपाल राष्टै बैंक, धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, सहकारी नियमनकारी लगायतको निगरानी अनुसन्धानर कारवाहीलाई प्राथमिकता दिइने छ ।