काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्च शिक्षा अध्ययन गर्न नसकेका युवाहरूलाई सिप मूलक तालिमका माध्यमबाट उद्यमशील बनाइने बताएका छन् । उनले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/२०८३ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् ।
आगामी वर्ष प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् २६ हजार युवालाई ६ महिना भन्दा बढी अवधिको तालिम प्रदान गरिने उनले बताए । उनले प्रत्येक प्रदेशमा एक प्राविधिक शिक्षालय छनोट गरी नमुना शिक्षालयमा परिणत गरिने बताए।





About Us
प्रतिक्रिया