गत साता ३३ सय रुपैयाँले घटेकाे सुनकाे मूल्य, आज ३ सयले बढ्यो


काठमाडौं – नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको थियो । गत साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्यमा वृद्धि देखिएको थियो । आइतबार प्रतितोला सुनको मूल्य १ हजार ४ सय रुपैयाँ बढ्दै  १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भयो। यस्तै, सोमबार ७ सय रुपैयाँले घट्दै प्रतितोला सुन १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भयो । 

मंगलबार पनि सुनको मूल्यमा गिरावट आयो । त्यसदिन  प्रतितोला  सुनको  मूल्यमा २ सय रुपैयाँको गिरावट देखियो । मंगलबार  प्रतितोला सुन १ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।  बुधबार  प्रतितोला एक हजार ६ सय रुपैयाँले घट्दै प्रतितोला सुन १ लाख ८९ हजार ३ सय रुपैयाँमा कारोबार भयो ।

बिहीबार  प्रतितोला १ हजार ५ सय रुपैयाँले घट्दै  प्रतितोला सुन १ लाख ८७ हजार आठ सय रुपैयाँमा कारोबार भयो । साताको अन्तिम दिन शुक्रबार प्रतितोला ७ सय रुपैयाँले बढ्दै सुनको मूल्य  १ लाख ८८ हजार ५ सय रुपैयाँ पुग्यो । समग्रमा गत साता सुनको मूल्यमा ३ हजार ३ सय रुपैयाँको गिरावट देखियो ।