काठमाडौं – आज अर्थात् जेठ १५ गते सङ्घीय संसद्मा अपराह्न ३ बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने भएका छन् । अर्थमन्त्री पौडेलले आज ल्याउने बजेको सिमा चालु आर्थिक वर्षको भन्दा बढी हुने बताइएको छ ।
सरकारले झण्डै २० खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । त्यसअघि अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यसूची छ । यस वर्ष बजेट आकार २० खर्ब ८८ अर्ब सम्म पुग्ने अनुमान गरिएको छ ।



About Us
प्रतिक्रिया