काठमाडौं -सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु मंगलबार सार्वजनिक गरिएका छन्। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
सरकारले जापान सरकारबाट छात्रवृत्ति परियोजनाको लागि प्राप्त हुने जापानी येन ५७२ मिलियन (करिब ५३ करोड ७६ लाख रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने गरेको छ ।
सरकारले बाफिकोट–खुंग्री १३२ केभी प्रशारण लाइन आयोजनाको लागि ३.२७८ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।




About Us
प्रतिक्रिया