बैंकिङ्ग समाचार, काठमाडौं ।
मेन्छियाम हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृती पाएको छ । कम्पनीले १६ लाख २७ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि माघ १९ गते सेबोनबाट स्वीकृती पाएको हो ।
यस संस्थाको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने स्वीकृती पाएसँगै पहिलो चरणमा स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि आईपीओ निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।
प्रतिक्रिया