चिन्तामणि शिवाकोटीको नयाँ गीत ‘टाँकी फुलेको’ सार्वजनिक


काठमाडौं – गीतकार चिन्तामणि शिवाकोटीको नयाँ गीत ‘टाँकी फुलेको’ सार्वजनिक भएको छ । शिवाकोटीको शब्द रचना रहेको गीतमा गायिका समीक्षा अधिकारी र गायक विषम आचार्यको स्वर रहेको छ । गीतमा विषम आचार्यकै सङ्गीत संयोजन रहेको छ ।

पूजा ठकुरीको निर्देशन रहेको भिडियोमा सुरेश कोइली, स्मारिका ढकाल र सुरज लुइँटेल लगायतका मुख्य कलाकारको अभिनय रहेको छ । भिडियोलाई नीरज कँडेलका साथै उनको टाेलीले छायाङ्कन गरेको छ । शिवाकोटीका यसअगाडि हृदयकी रानी, ‘जिउँदै छु’, ‘आएन खबर’लगायतका चर्चित गीत सार्वजनिक भइसकेका छन् ।

म्युजिक भिडियाे: